पोखरा । बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं ८ सिगानाको तिमुरेमा स्थानीयका घर पहिरोको जोखिममा परेको छ ।
तिमुरेमै शनिबार साँझ ठूलो पहिरो खस्दा स्थानीय रामबहादुर खड्काको गोठ पुरिएको छ भने गोठमा रहेको एउटा भैसी पुरिएर मरेको छ । पहिरोकै कारण विजुलीको पोल ढल्दा सो क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार पहिरो निकै ठूलो भएकाले पन्छाउन समय लाग्ने भएको छ । पहिरो पन्छाएर सडक सुचारु गर्नका लागि प्रहरी र स्थानीय जुटेको उनले जानकारी दिए ।