Nidan Media

बागलुङमा जीपको ठक्करबाट बालकको मृत्यु

पोखरा । बागलुङमा बोलेरो जीपको ठक्करबाट एक बाललको ज्यान गएको छ । मृत्यु हुनेमा बागलुङ नगरपालिका वडा नं ३ गुठीका सचिन किसान छन् ।

प्रहरीका अनुसार शुक्रबार गुठी बसपार्क नजिकै ध१च १३७६ नम्बरको जीपले सचिनलाई ठक्कर दिँदा सचिन गम्भीर घाइते भएका थिए ।

उनको पर्वत अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी (डीएसपी) वसन्त पाण्डेले जानकारी दिए ।

धौलागिरी अस्पतालबाट भने सचिनलाई पोखरा रेफर गरिएको थियो । तर पोखरा आउने आउने क्रममा सचिनको अवस्था अत्यन्तै नाजुक भएपछि पर्वत जिल्ला अस्पताल लगिएको थियो ।

जीप चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको डीएसपी पाण्डेले जानकारी दिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.