पोखरा । पोखराका विद्यालयहरु असोज १ गतेबाट सुचारु हुने भएका छन् । विद्यालयहरु जेनजी पुस्ताको आन्दोलनका कारण पूर्ण रुपमा बन्द भएका थिए ।
पोखरा महानगर पालिका नगर कार्यपालिकाको यही भदौ २८ गतेको बैठकको निर्णयानुसार सबै विद्यालय असोज १ गतेबाट सञ्चालन हुने शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए ।
देशभरका विद्यालयहरु भदौ २३ देखि बन्द भएका थिए ।
यस्ताे छ महानगरकाे सूचना