Nidan Media

निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी [जाहेरीसहित}

पोखरा । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।

जेनजी पुस्ताको आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोपमा ओलीविरुद्ध कांग्रेस नेता अभिषेक प्रताप शाहले उनले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् ।

शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रहरीमा जाहेरी पठाएका थिए ।

आन्दोलनमा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको जाहेरीमा उल्लेख छ ।

मृत्यु भएका युवामध्ये सुलभराज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको छ ।

जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानूनी कारबाही गर्न माग गरिएको छ । शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्नुपर्ने मागसमेत गरिएको छ ।

शाहकाे जाहेरी सम्बन्धित निकायमा पठाउने प्रजिअ तामाङले प्रतिवद्धता जनाएका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ । सो घटनामा करिब दुई हजार मानिस घाइते भएका थिए ।

यस्ताे छ जाहेरी

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.