Nidan Media

जेन-जी आन्दोलनमा ज्यान गुमाएका सुलभराज र आयुषको दाहसंस्कार

पाेखरा । जेन-जी पुस्ताकाे आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगञ्जका दुई युवाको दाहसंस्कार गरिएको छ ।

नेपालगञ्ज उप-महानगरपालिका-१ धम्बोझी निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको पार्थिव शरीरलाई नगर परिक्रमासहित राप्ती नदीको सिधनियाघाटमा शनिबार दाहसंस्कार गरिएको हो ।

उनीहरूकाे आन्दोलनका क्रममा प्रहरीकाे गोली लागेर गत सोमबार निधन भएको थियाे । उनीहरूको शव शुक्रबार नेपालगञ्ज लगिएको थियाे ।

फिनल्यान्ड जाने तयारीका निम्ति आयुष काठमाडौँ आएका थिए भने सुलभराज काठमाडौँको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङका अध्ययनरत थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.