Nidan Media

पाेखराको जनजीवन सामान्य, कर्फ्यू र निषेधाज्ञा पनि हटाइयो

पोखरा । जेनजी आन्दोलन पश्चात् अवस्था सामान्य बन्दै गएपछि कास्कीमा आज बिहान ९ बजेदेखि निषेधाज्ञा र कफ्र्यू हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले आज सूचना प्रकाशित गरी विकसित घटनाक्रम र शान्ति सुरक्षाको अवस्थालाई विश्लेषण गर्दा जिल्ला सुरक्षा समितिको निर्णयानुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा र कफ्र्यू आदेश हटाइएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘हाल जिल्लामा शान्ति सुव्यवस्था र पारस्पारिक सद्भावलाई कायम राख, सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्न, जनजीविकालाई सामान्यीकरण गर्दै लैजान, सार्वजनिक सेवालाई सूचारु गर्न र बजार व्यवस्थालाई क्रमिक रुपमा चलायमान बनाउनको लागि सबै सरकारी निकाय, निजी क्षेत्र, राजनीतिक दल, संघ संस्था, मानवअधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, विभिन्न टोल समुदायलगायत सरोकारवाला सम्पूर्ण पक्षले आवश्यक समन्वय र सहजीकरण गरिदिनुहुन जिल्ला सुरक्षा समिति, कास्की हार्दिक अनुरोध गर्दछ ।’

जेनजी पूस्ताले यही भदौ २३ र २४ गते गरेको आन्दोलनका कारण परिस्थिति असामान्य बनेको थियो । आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार घुँडा टेक्न बाध्यमात्रै भएन आगजनी र तोडफोडले सिंगो देशका भौतिक संरचना तहसनहस भएको छ । यस आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । अझै एक हजार भन्दा बढी घाइते अस्पतालमा उपचाररत छन् ।

आन्दोलन पश्चात् पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको छ । सो सरकारले प्रतिनिधिसभा विगत गरेर फागुन २१ गते नयाँ निर्वाचनको मिति घोषणा गरेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.