काठमाडौँ । सामाजिक सञ्जालमा जेनजीका अलग-अलग समूह खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ ।
बिहीबार काठमाडौंको रिपोर्टस क्लबमा भएकाे कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको हाे ।
अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिच्छे छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो ।
जेनजीको कार्यक्रममा पार्टीका मान्छेहरुले जेनजी बनेर उपस्थिति जनाएको भन्दै मनमुटाव शुरू भएको हो ।
लफडा कारण कार्यक्रम नै स्थगित गरिएको थियो ।