Nidan Media

भरतबाट फर्किँदै गरेका दुई मजदुर लुटिए

पाेखरा । कञ्चनपुरमा भारतबाट नेपाल फर्किँदै गरेका मजदुर लुटिएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत अर्जुनी क्षेत्रमा स्कुटरमा आएका अपरिचित तीन जनाको समूहबाट दुई मजदुर लुटिएका हुन् ।

कालीकोटको पलाता वडा नं ७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई खुकुरी देखाउँदै मोबाइल र १४ हजार रुपैयाँ भारु लुटिएको प्रहरीले जनाएको छ ।

पीडित कलमबहादुरका अनुसार कर्फ्यूका कारण सवारीसाधन नपाइएपछि महेन्द्रनगरबाट पैदल हिँडिरहेका अवस्थामा स्कुटरमा आएका तीन जना व्यक्तिले खुकुरी देखाउँदै मोबाइल र पैसा खोसेर भागेका थिए ।

उनीहरू पाँच जना साथीहरू फर्किँदै गरेकामध्ये दुई जना लुटपाटमा परेका हुन् । भारतमा मजदुरी गर्न गएका उनीहरू काम नपाएर घर फर्किने क्रममा लुटपाटमा परेको बताएका छन् ।

लुटपाटबारे इलाका प्रहरी कार्यालय झलारीमा जानकारी गराइएको छ । पीडितले दिएको विवरणका आधारमा लुटेराको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.