Nidan Media

पोखरा महानगरपालिकाका सबै सेवा बन्द, संयम र धैर्य रहन आग्रह

पोखरा । जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र प्रशासनिक अवरोधका कारण पोखरा महानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले बिहीबार एक सूचना जारी गर्दै नगरकार्यपालिका र वडा कार्यालयहरूमा भएको क्षति र जिल्लाभर कफ्र्यू आदेश जारी भइसकेको अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्म अत्यावश्यक सेवामात्र सञ्चालन हुने जानकारी दिएका छन् ।

सूचनामा भनिएको छ, ‘आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको प्रशासनिक भवन र वडा कार्यालयहरूमा क्षति पुगेको छ । उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै र जिल्ला प्रशासन कार्यालय कास्कीले कफ्र्यू आदेश जारी गरिसकेको अवस्थालाई दृष्टिगत गरी अर्को सूचना नआएसम्म महानगर र वडा कार्यालयहरूबाट अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह बन्द रहनेछ ।’

महानगरले स्वास्थ्य, सरसफाइ, खानेपानी जस्ता तत्काल आवश्यक पर्ने सेवा भने निरन्तर रहने स्पष्ट पारेको छ । अन्य साधारण प्रशासनिक कार्य र सार्वजनिक सेवाहरू भने अस्थायी रूपमा रोकिएका छन् ।

यस्ता, पोखरा-३ को वडा कार्यालयले सेवाग्राहीका समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको  जनाएको छ । वडाध्यक्ष एवं महानगरका संसदीय दलक नेता दिवसमान प्रधानांगले आज एक सूचना प्रकाशित गरी यस्तो जानकारी गराएका हुन् । उनले यो विषम परिस्थितिमा संयम र धैर्य रहन नागरिकलाई आग्रह गरेका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.