पोखरा । पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ ।
वर्षासँगै आएको पहिरोले आज यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका वडा नं १० बिमिरेभन्ज्याङमा सडक माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
पहिरोले सडक अवरुद्ध भएपछि कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
सो सडक अवरुद्ध हुँदा निजी सवारी साधनमा यात्रा गरिरहेका यात्रु अलपत्र परेको जिल्ला प्रशासन कार्यालयका कर्मचारी सागर अधिकारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार ठूलो पहिरो झरेर बाटो पूर्णरूपमा अवरुद्ध भएको छ ।
सडक खुलाउनका लागि समन्वय भइरहेको र केही समयमा त्यहाँ बाटो खुलाउने कार्य हुने र केही समय लाग्ने बताए ।