Nidan Media

कालीगण्डकी करिडोर सडक पूर्णरुपमा अवरुद्ध

पोखरा । कालीगण्डकी करिडोर सडक पूर्णरुपमा अवरुद्ध बनेको छ ।

गुल्मीखण्डअन्तर्गत गएरातिदेखिको अविरल वर्षाका कारण कालीगण्डकी गाउँपालिका वडा नं २ को राक्से भन्ने स्थानमा सडकमाथिबाट पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा ठप्प भएको हो ।

सडक सुचारुका लागि प्रहरी टोली घटनास्थलमा खटिएको तर, निरन्तरको वर्षाले गर्दा पहिरो पन्छाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवलसम्म आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्।

वर्षा रोकिएलगत्तै सडक सुचारु गर्नका लागि स्थानीय निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनले पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको प्रहरीले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.