Nidan Media

पोखरामा आगोले जलेको अवस्थामा भेटिएकी महिलाको पहिचान

पोखरा । पोखरामा आगोले जलेको अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ ।

ती महिला दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ८ छेत्रपाफेदीकी स्वस्थानी खड्का रहेको बताइएको छ ।

खड्का काठमाडौंमा काम गर्ने भए पनि कामको शिलशिलामा पोखरा आएकी थिइन् ।

उनको शव लिन भिनाजू र भाइ पोखरा आएका छन् भने दोलखामा रहेका स्वस्थानीका बुबाआमा काठमाडौं जाँदै छन् ।

स्वस्थानीको पोखरा लेकसाइड अंशुभरा स्क्वायरमा भएको आगलागीमा मृत्यु भएको थियो । खड्काको बुधबार जलेको अवस्थामा शव फेला परेको थियो ।

उनी के कारणले त्यहाँ पुगेकी थिइन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.