पाेखरा । जेनजीको आन्दोलनपछिको विषय परिस्थितिलाई ध्यानमा राखेर कास्कीमा आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
नागरिकको जनधनको सुरक्षालाई ध्यानमा राखेर कास्की जिल्लामा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।
“आज दिउँसोको अवस्थालाई हेरेर राति कर्फ्यू लगाउने कि नलगाउने बारेमा साँझ निर्णय हुनेछ,” उनले भने,‘कास्कीमा आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेध आज्ञा जारी गरिएको छ ।”
निषेधाज्ञा तथा कर्फ्यूको समयमा अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारीसाधन सञ्चालन गर्न सकिनेछ ।
सहायक प्रमुख जिल्ला अधिकारी लम्सालका अनुसार उक्त समयमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सकिनेछ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्ने नेपाली सेनाले स्पष्ट गरेको छ ।
सेनाले आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अनुरोधसमेत गरेको छ ।
जेनजी आन्दाेलन हिम्सात्मक बनेपछि कास्कीका अधिकांश सरकारी कार्यालय, निजी घर, हाेटल, व्यापारिक भवनलगायतमा आगजनी र तोडफोड भएको थियाे ।