Nidan Media

यी स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेकोे छ । जसले गर्दा देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, आज राति देशभर साधारणतया बदली रहनेछ । गण्डकी, कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेश प्रदेशको साथै कोशी प्रदेश, बागमती प्रदेश तराई र पहाडी भूभागका साथै गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.