पोखरा । जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीमा तोडफोड गरेका छन् । त्यहाँ रहेका प्रहरी भागपछि प्रदर्शनकारी कार्यालय भित्रै पसेर तोडफोड गरेका हुन् ।
प्रदर्शनकारीले मंगलबार पोखरामा वितण्डा मच्चाए । प्रदर्शनकारीकै साथ पाएका कास्की कारागारका कैदीवन्दी भागेका छन् ।
पोखरा महानगरपालिकाको कार्यालय, विभिन्न वडा कार्यालय, नेपाल टेलिकमको कार्यालय, इलाका प्रशासन कार्यालय, भाटभटेनी, केही व्यवसायीका भवनमा तोडफोड र आगजनी गरे ।
यसैगरी पोखरा महानगरका मेयर धनराज आचार्यको निजी निवास, गण्डकी प्रदेशका मन्त्री विन्दुकमार थापाको निवास, कास्कीस्थित सबै दलका पार्टी कार्यालय, गण्डकी प्रदेशको संसद भवन, मुख्यमन्त्री निवास, मुख्यमन्त्री कार्यालय, केही होटलसमेत प्रदर्शनकारीले ध्वस्त पारे।