Nidan Media

कास्की कारागारका कैदीबन्दी भागे

पोखरा । कास्की कारागारमा रहेका कैदीबन्दी कारागार तोडेरै भागेका छन् । जेनजी प्रदर्शनकारीको सहयोगमा कारागार तोडेर उनीहरु भागेका हुन् ।

कारागार जलाउने सूचना पाएको प्रहरीले सुरक्षा व्यवस्था कडा पारे पनि कैदीबन्दीले भित्रैबाट तोडफोड गरेका थिए । सो क्रममा सुरक्षाका लागि खटिएका प्रहरीमाथि कुटपिट समेत भएको थियो ।

कारागारमा कुल नौ सय ८६ जना कैदीबन्दी रहेकामा ३५ जना महिला थिए ।

कास्की कारागारमा कारागारको नियुक्तिको विषयले केही अघि ठूलै हंगामा मच्चाएको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.