Nidan Media

बालेनले गरे संसद विघटनको माग

पोखरा । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले संसद नै विघटनको माग गरका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएलगत्तै बालेनले अब संसद विघटन गर्नुपर्ने माग गरेका छन् ।

संसद विघटनपछि सेना प्रमुखसँग वार्ता गरेर नयाँ शिराबाट देशलाई अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

बालेनले हत्यारोको राजीनामा आइसकेकाले संयमित हुन प्रदर्शनकारीलाई अपिल गरेका छन् ।

उनले लेखेका छन्, ‘हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !’

उनले थप लेखेका छन्, ‘देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति हो । तपाईं-हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ । तयार रहनुहोला !’

बालेन थप लेख्छन्, ‘साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस्-वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ ।’

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.