Nidan Media

गण्डकीका ऊर्जामन्त्री फणीन्द्र देवकोटाले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशका ऊर्जा मन्त्री फणीन्द्र देवकोटाले पदबाट राजीनामा दिएका छन् ।

जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै मन्त्री देवकोटाले पदबाट राजीनामा दिएका हुन् ।

देवकोटाले सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन मुख्य भूमिका खेलेका थिए ।

जेनजी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बन्दा २० जना ज्यान गुमाएका छन् ।

सोमबारको आन्दोलनमा राज्यले दमन गरेको भन्दै आक्रोशित युवाले आज झनै आन्दोलन चर्काएका हुन् ।

उनीहरुले नेताहरुका घर तथा कार्यालय र सवारीसाधन छानिछानि तोडफोड र आगजनी गरेका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.