Nidan Media

पोखराका अधिकांश क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश

पाँच जनाभन्दा बढी भेला हुन नपाइने

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले आज बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखराका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको यो आदेशमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा भएर अनशन, धर्ना, जुलुस, प्रदर्शन वा सभाजस्ता विरोधका कार्यक्रम गर्न रोक लगाइएको छ ।

शहीदचोक आसपासका क्षेत्रः पूर्वमा वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्रबैंक चोक र दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडिको ड्यामसाइड क्षेत्र।

गण्डकी प्रदेश सभा आसपासको क्षेत्रः उत्तरतर्फ भीमकाली पाटन बगर, दक्षिणतर्फ अधिकारी टोल, पूर्वतर्फ नदीपुर हाइवे र पश्चिमतर्फ बागबजार ट्याक्सीचोकसम्मको क्षेत्र ।

प्रशासनले यो आदेशको उल्लङ्घन गर्ने जोसुकैलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गर्ने जनाएको छ ।

यस्ताे छ प्रशासनकाे सूचना

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.