Nidan Media

गण्डकीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना कायमै

पाेखरा। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा औसतभन्दा दक्षिणतिर र पूर्वमा औसत स्थानको आसपास रहेको छ।

आज दिउँसो कोशी, मधेस प्रदेश र देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

विशेषगरी गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर सामान्य बदली रहनेछ भने गण्डकी, कोशी र बागमती  प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ।

महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहावको जोखिम, नदीनाला र खोलामा पानीको सतह बढ्ने तथा यातायात प्रभावित हुन सक्ने भन्दै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.