पाेखरा। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । जेन-जीको साेमबारकाे आन्दोलनमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरी १९ जनाको ज्यान लिएसँगै गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।
राजीनामा दिनुअघि उनले नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आफूले राजीनामा दिने बताएका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको बैठकपछि बालुवाटार आएर उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।
नेपालको अहिलेसम्मको राजनीतिक इतिहासमा एकैदिन १९ जनाको ज्यान गएको यो पहिलो घटना हो । थुप्रै गम्भीर घाइते भएका छन् । जसका कारण मृतकको संख्यासमेत बढ्न सक्ने जनाइएको छ ।