Nidan Media

जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

पाेखरा। जेन-जी पुस्ताको प्रदर्शनमा १४ जनाको मृत्यु भएको छ । काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेट हुँदा १४ जना प्रदर्शनकारीको निधन भएको हो ।

आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो । प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको हो ।

उता, ट्रमा सेन्टरमा उपचाररत थप पाँच आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ । यस्तै केएमसी अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एक र एभरेष्ट अस्पतालमा तीन जना जनाको मृत्यु भएको हो ।

यता, आन्दोलनका क्रमममा गोली लागेर पोखरा पनि एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । मुख्यमन्त्रीको कार्यालयमा आगलागीको प्रयास भएपछि प्रहरीले गोली चलाएकाृ जनाइएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.