Nidan Media

जेनजीको आन्दोलनः पोखरामा गोली लागेर एक जना घाइते, कर्फ्यू आदेश जारी [सूचना]

पोखरा । जेनजीको आन्दोलन उग्र बन्दै गएपछि पोखरा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोडका साथै आगजनी प्रयास भएपछि प्रहरीले प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गाली लागेर घाइते भएकालाई उपचार गराउन अस्पताल लगिएको छ । घाइतेलाई प्रहरी आफैले बोकेर अस्पताल लगेको भिडियो फुटेजमा देखिन्छ ।

घाइतेको पहिचान खुल्न सकेको छैन । घटनाबारे आधिकारिक पुष्टि भने भएको छैन ।

यसैबीच जेनजीको आन्दोलन चर्कंदै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा कर्फ्यू आदेश जारी गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोडका साथै आगजनी प्रयास भएपछि शहीदचोक आसपासमा कर्फ्यू आदेश जारी गरिएको हो ।

२०८२ असार २३ गते दिउँसो २ बजेदेखि लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा (एक) बमोजिम कर्फ्यू जारी गरिएको प्रशासनले जनाएको छ ।

यो आदेश प्रतिकूल हुने गरी कुनै पनि प्रकारका भेला जम्मा भई आमसभा, धर्ना, घेराव, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने सूचनामा उल्लेख छ ।

यदि कसैले यो आदेशको उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ। यो कदम शान्ति सुरक्षा कायम राख्न र कुनै पनि प्रतिकूल अवस्था सिर्जना हुन नदिनका लागि चालिएको प्रशासनले जनाएकाे छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.