Nidan Media

जेनजी आन्दोलनको प्रभावले नेप्सेमा पहिराे

पाेखरा । काठमाठौँसहित देशभका विभिन्न शहरमा जेनजीको आन्दोलन जारी छ । यो आन्दोलनको सोझो प्रभाव शेयर बजारमा पनि देखिएको छ ।

यसअघि लगातार चार कारोबार दिन घटेको नेप्से परिसूचक आज पनि ३५दशमलव९९ अंकले घटेर बन्द भएको छ । आईतबार ११दशमलव५२ अंकले घटेर २७०८दशमलव२५ बिन्दुमा रोकिएको नेप्से साेमबार ३५दशमलव९९ अंक घटेर २६७२दशमलव२५ बिन्दुमा रोकिएको छ । यद्यपि, आईतबारको तुलनामा आज कारोबार रकममा भने सामान्य सुधार देखिएको छ ।

साताको पहिलो कारोबार दिन आईतबार ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएकोमा साेमबार कुल ३२० स्टकको ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार ६९८ रुपैयाँ बराबरको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ ।

सोमबार सेन्सेटिभ इन्डेक्स ५दशमलव२१ अंकले घटेको छ । फ्लोट इन्डेक्स २दशमलव२२ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १दशमलव८६ अंक घटेको छ ।

यसदिन हिमस्टार उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस कम्पनीको शेयर मूल्य ९दशमलव९९ प्रतिशत बढेर ४३०दशमलव५० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसपछि नेशनल सिटिजन्स डेबेन्चर ८६ को मूल्य प्रतिकित्ता ४दशमलव३५ प्रतिशत वृद्धि भई १,१३७दशमलव३७ रुपैयाँ मा अन्तिम कारोबार भएको छ । त्यस्तै, युनाइटेड हाइड्रोपावर शेयर मूल्य प्रतिकित्ता ३दशमलव०८ प्रतिशत बढ्दै ४६३दशमलव९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

युनिभर्सल पावर कम्पनी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३दशमलव०४ प्रतिशत बढेर ४१२दशमलव८२ रुपैयाँमा अन्मि कारोबार भएको छ ।

सोमबारको नेप्से कारोबारमा केही कम्पनीका शेयरमा उल्लेख्य गिरावट देखिएको छ । सबैभन्दा धेरै घट्ने सूचीमा बुटवल हाइड्रोपावर रहेको छ । यस कम्पनीको शेयर मूल्य ५दशमलव२८ प्रतिशत ले घटेर ६७१दशमलव५५ रुपैयाँमा झरेको छ ।

त्यसपछि नेशनल माइक्रोइन्स्योरेन्स कम्पनीका शेयर मूल्य ४दशमलव४४ प्रतिशतले घट्दै १,१९९दशमलव९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, गाण्डकी डेभलपमेन्ट बैंकको शेयर मूल्य ४दशमलव२७ प्रतिशतले घटेर १,००५दशमलव२५ रुपैयाँमा पुगेको छ ।

यसदिन युनियन हाइड्रोपावर लिमिटेड, नेपाल रिइन्स्यारेन्स र युनिर्भसल पावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.