काठमाडौँ। काठमाडौंको बानेश्वरमा जेन-जी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।
उनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
यद्यपि कम्तीमा चार जनाकाे मृत्यु भएको बताइएको छ । यसको पुष्टि भने भएको छैन ।
प्रदर्शनकारीहरूले बानेश्वरको निषेधित क्षेत्र तोडेर संसद् भवनभित्र प्रवेश गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो।
भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा, अश्रुग्यास र गोली समेत चलाएको थियो।
प्रहरीको गोली लागेर थुप्रै प्रदर्शनकारी घाइते भएका छन्। घाइतेहरूको सिभिल, एभरेष्ट र आसपासका अन्य अस्पतालहरूमा उपचार भइरहेको छ।