Nidan Media

संसदीय सुनुवाइ समिति सभापति खतिवडाद्वारा शपथ ग्रहण

काठमाडौँ । संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालाई पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष सभापति खतिवडाले शपथ लिएका हुन् ।

यही भदौ २० गते शुक्रबार भएको निर्वाचनमा सभापति खतिवडा निर्विरोध चयन भएका थिए । त्यस अवसरमा सभामुख घिमिरेले सभापति खतिवडालाई खादाले सम्मान गरेका थिए ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, एमालेका मुख्य सचेतक र नेपाली कांग्रेसका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सांसदहरू उपस्थित थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.