Nidan Media

जेनजीको आन्दोलन उग्र, संसद भवनको गेटमा लगाइएको आगो फैलियो, गोली प्रहार

काठमाडौँ । जेन्जी पुस्ताको आन्दोलन उग्र बनेसँगै नियन्त्रणमा लिने क्रममा प्रहरीले काठमाडौँको नयाँ बानेश्वरमा हवाई फायर भएको छ । साथै गोलीसमेत हानिएको छ ।

योसँगै प्रहरीले हवाई फायर गरेको हो । दमकल अगाडि जान नसकेपछि आगो फैलिएको हो ।

यता, जेन्जी नेपालले आन्दोलनमा घुसपैठ भएको भन्दै तत्कालै सबैलाई फर्किन आह्वान गरेको छ ।

जेनजी पुस्ताको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौँमा कर्फ्यु जारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सोमबार दिउँसो साढे १२ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेका हुन् । कर्फ्यु बानेश्वर क्षेत्रमा लगाइएको हो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.