पोखरा । नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको भाउ यही भदौ ९ गतेदेखि लगातार वृद्धि हुँदै आएको थियो ।
आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ घटेको हो । आइतबार प्रतितोला दुई लाख १२ हजारमा कारोबार भएको सुन आज प्रतितोला दुई लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ ले जनाएको छ ।
आज पोखरामा सुनको भाउ प्रतितोला दुई लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेर प्रतितोला दुई हजार हजार चार सय ७५ मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । चाँदी यसअघि आइतबा दुई हजार पाँच सयमा कारोबार भएको थियो ।
आज पोखरामा चाँदी प्रतितोला दुई हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।