Nidan Media

भौतिक मन्त्री देवेन्द्र दाहाल फिलिपिन्स प्रस्थान

मन्त्री दाहाल आगामी भदौ २८ गते स्वदेश फर्कने

पाेखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल फिलिपिन्स प्रस्थान गरेका छन् ।

फिलिपिन्सकाे मनिलामा हुने सडक सुरक्षासम्बन्धी एसिया प्यासिफिक सम्मेलनमा सहभागिताका लागि आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

एसियाली विकास बैँकको प्रधान कार्यालय मेट्रो मनिलामा ९ देखि ११ सेप्टेम्बरसम्म हुने सम्मेलनका लागि मन्त्री दाहालसहितको प्रतिनिधि मण्डल त्यसतर्फ गएको हो ।

सम्मेलनमा मन्त्री दाहालले नेपालमा सडक सुरक्षाको अवस्था, चुनौती, प्रयासलगायतका बारेमा पहिलो दिनको सत्रमा सम्बोधन गर्नेछन् ।

सम्मेलनमा नेपालसहित भुटान, फिजी, अर्मेनिया, कम्बोडिया, पाकिस्तानलगायतका देशका मन्त्री, प्रतिनिधि, विकास साझेदार एवं विज्ञको सहभागिता रहनेछ । मन्त्री दाहाल आगामी भदौ २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.