Nidan Media

लगातार घट्दै नेप्से, कारोबार रकम पनि घट्याे

काठमाडौँ । यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से परिसूचक आइतबार पनि घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ६दशमलव५५ अंकले घटेर २७१९दशमलव७७ बिन्दुमा रोकिएको नेप्से परिसुचक आइतबार ११दशमलव५२ अंकले घटेर २७०८दशमलव२५ बिन्दुमा रोकिएको छ । साथै, कारोबार रकममा पनि कमी आएको देखिएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएकोमा आइतबार ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएको छ ।

आइतबार सेन्सेटिभ इन्डेक्स २दशमलव३२ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०दशमलव७७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०दशमलव६६ अंक घटेको छ ।

यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९दशमलव९७ प्रतिशतले बढेर ३९१दशमलव४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

एनआईबिएल समृद्धि फन्ड-२ को शेयर मूल्य प्रतिकित्ता ५दशमलव८३ प्रतिशतले बढेर ९दशमलव२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनिर्भसल पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५दशमलव१२ प्रतिशतले बढेर ४००दशमलव६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन पञ्चकन्यामाई हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ४दशमलव६२ प्रतिशतले घटेर ३५६दशमलव८१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३दशमलव९२ प्रतिशितले घटेर ४७५दशमलव८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । ओरियन्टल होटेल्स लिमिटेडको शेयर मूल्य ३दशमलव७० प्रतिशतले घटेर प्रतिकित्ता ७७७दशमलव८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन युनियन हाइड्रोपावर लिमिटेड, एभरेष्ट बैंक, नेपाल रिइन्स्यारेन्स, हिमालयन डिस्टीलरी र युनिर्भसल पावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

By निदान मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.