Nidan Media

आम जनता पार्टीकाे कास्की अध्यक्षमा केसी

पोखरा । आम जनता पार्टीले कास्कीमा संगठन विस्तार गरेको छ । पोखरामा सम्पन्न प्रथम भेलाले अर्जुन केसीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरेको हो ।

समिति उपाध्यक्षमा आइतराज गुरुङ, सचिवमा अर्जुन सुनार, सहसचिवमा पवित्रा मल्ल र कोषाध्यक्षमा रेखा परियार चयन भएका छन् ।

यस्तै सदस्यमा सुशिला पोख्रेल, गौकाशी गुरुङ, सागर सुनार, कुशल गुरुङ, विकास सुनार, मोहन सुनार, राहुल मगर, दिनेश सुनार, सुरेन्द्र यादव, माया राई, सन्दीप सापकोटा, ज्योती शेर्पा, लक्षुमन विक, अनिता कोइराला, अनिता विक, रेणु थापा र श्यामसुन्दर यादव छन् ।

भेला उद्घाटन गर्दै पार्टीका केन्द्रीय सहअध्यक्ष तिलक थापा मगरले देशमा भ्रष्टाचार, अन्याय, अत्याचार र बेथिति चुलिएको बताउँदै अहिलेकै व्यवस्थाले जनताको मुक्ति सम्भव नभएकाले आम जनता पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको दाबी गरे ।

उनले भने, ‘आम जनता पार्टी मात्रै जनपक्षीय र राष्ट्रवादी पार्टी हो । हामी उत्पीडित जनता र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने भएकाले सबैलाई पार्टीमा आबद्ध हुन आग्रह गर्छौं ।’

उनले कांग्रेस-एमाले गठबन्धनमा बनेको केपी ओली नेतृत्वको सरकार जनविरोधी र राष्ट्रघाती गतिविधि गर्दै आएको आरोप लगाउँदै पार्टीले निरन्तर भत्र्सना र खबरदारी गरिरहेको बताए । उनका अनुसार आम जनता पार्टीसँग देशको भविष्य निर्माण गर्ने दृष्टिकोण र विकासको मार्गदर्शन गर्ने छुट्टै सिद्धान्त छ ।

पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष भोजराज त्रिपाठीले पार्टीले ‘आइटी आर्मी’ गठन गरेको उल्लेख गर्दै, भ्रष्टाचार र लुटतन्त्रलाई नियन्त्रण गर्न यसले निर्णायक भूमिका खेल्ने दाबी गरे ।

कार्यक्रममा प्रदेश सहअध्यक्ष रामजी गुप्ता, कास्की जिल्ला इञ्चार्ज सन्तोष शाह, प्रदेश सचिव विमल काडेल, आइटी आर्मी कास्की इञ्चार्ज मौजालाल यादव, महिला विभाग अध्यक्ष पवित्रा मल्ल, प्रदेश ट्रेड युनियन फेडेरेसन नेपालका प्रदेश इञ्चार्ज हरि थापालगायतले आफ्नो धारणा राखेका थिए ।

अर्जुन केसीको अध्यक्षतामा भएको भेलामा महिला मोर्चा गण्डकी प्रदेश इञ्चार्ज सीता सुवेदीले स्वागत गरेकी थिइन् भने कार्यक्रम सञ्चालन प्रदेश प्रवक्ता सूर्यबहादुर गुरुङले गरेका थिए ।

By निदान मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.