पाेखरा। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले जवाफ माग्ने भएको छ ।
आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सामाजिक सञ्जाल बन्द गरेको विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा कांग्रेस जिम्मेवार रहेकाले सरकारको निर्णयप्रति गम्भीर रहेको उनले बताए ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति पार्टीका महामन्त्री गगन थापालगायतले जेताहरुले यसअघि नै आपत्ति जनाइसकेका थिए ।
यस्तै बैठकमा प्रदेशसभा निर्वाचनको विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।