Nidan Media

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, कुम्भ राशिलाई अति कष्ट [भिडियाेसहित]

अन्य राशिलाई के हाेला ?

पोखरा । वि.सं. २०८२ को पहिलो खण्डग्रास चन्द्रग्रहण आइतबार लाग्दैछ । २०८२ सालकै फागुन १९ गते मंगलबार पनि चन्द्रग्रहण नै लाग्दैछ । एकै वर्ष दुई वटा चन्द्रग्रहण लाग्ने भएकाले निकै महत्वका साथ हेरिएको छ ।

आज आइतबार लाग्ने पहिलो चन्द्रग्रहण तीन घण्टा ३० मिनेट लामो हुनेछ । राति १० बजेर ११ मिनेटमा शुरू हुने चन्द्रग्रहण राति ११ बजेर १५ मिनेटमा सम्मीलन, राति ११ बजेर ५६ मिनेटमा मध्य, राति १२ बजेर ३८ मिनेटमा उन्मीलन, राति १ बजेर ४१ मिनेटमा मोक्ष अर्थात समाप्त हुनेछ ।

यो ग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देश तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण युरोपबाट देख्न सकिने दावी गरिएको छ ।

राति १० बजेर ११ मिनेटमा सुरू हुने भए पनि सो दिन दिउँसो ११ बजेर ११ मिनेटदेखि नै कुनै पनि भोजन गर्न हुँदैन भन्ने मान्यता छ । तर, बालबालिका, जेष्ठ नागरिक, अशक्त र बिरामीलाई भने भोजन बर्जित नहुने धर्म एवं ज्योतिष शास्त्रमा उल्लेख छ ।

ग्रहणको समयमा वातावरणमा नकारात्मक उर्जा प्रवाह हुने र त्यसले स्वास्थ्यमा असर पर्न सक्ने भएकाले यस्तो बेला खाने कुरा खान हुँदैन भनिएको हो ।

भदौ २२ गते राति चन्द्रग्रहण लागेको बेलामा शतभिषा र पूर्वाभाद्रपदा नक्षत्र कुम्भ राशि भएका व्यक्तिलाई कष्ट हुनेछ । अरुहरुलाई भने सामान्य लाभ र हानी हुनेछ । त्यसैले यो बेलामा गंगा स्नान, जप, हवन, पाठ पारायण, दान-धर्म गरेमा अन्य बेलामा गरेको भन्दा अधिक फल प्राप्त हुनेछ ।

ग्रहण लागेको बेलामा के-के गर्नु हुँदैन ?

ग्रहण लागेका बेलामा सुतेमा रोग लाग्छ, दिसा-पिसाव गरेमा दरिद्र हुन्छ, त्यसपछि दिसा-पिसावको किरोको योनीमा जन्म हुन्छ, मैथुन गरेमा गाउँको सुँगुर भएर जन्मन्छ भन्ने मान्यता छ । यस्तै शृङ्गार वा गाजल लगाएमा कुष्टरोगी हुन्छ, भोजन गरेमा अधोगति अर्थात पतनै हुन्छ, बन्धनमा बसेमा सर्पको योनी हुन्छ र कसैलाई वा आफू मरेमा नरकमा जानेछ ।

विज्ञानले पनि यो ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको किटाणु घुम्ने हुँदा नखानू भनेको छ । त्यसैले ग्रहण लागेको बेलामा शरीरमा ब्याक्टोरिया बस्ने हुँदा ग्रहण सकिएपछि स्नान गर्नुपर्छ भन्दै आएको छ ।

चन्द्रग्रहण वा सूर्यग्रहणमा पूजापाठ गरी दान गरेमा शुभ फल प्राप्त हुने विश्वास छ । तर, चन्द्रग्रहण लागेको बेला मांगलिक कार्य गर्नु हुँदैन । चन्द्रग्रहणमा गरेको मांगलिक कार्यबाट फल प्राप्त नहुने धार्मिक विश्वास छ ।

ग्रहणको पूजा गर्नुअघि घरलाई शुद्ध पार्ने प्रचलन छ । साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ । ग्रहणको बेला घरभित्रै बसेको राम्रो मानिन्छ । किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने मान्यता छ ।

यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ । ग्रहण सकिएलगत्तै ग्रहणको पूजा गर्दै दान दिएमा सुख, शान्ति र समृद्धि मिल्ने विश्वास छ ।

यस्तै राशि अनुसार ग्रहणको प्रभाव पनि फरकफरक हुन्छ । कुम्भ राशिको शतभिषा र पूर्वभाद्रपदा नक्षत्रमा चन्द्रग्रहण पर्छ । त्यसैले कुम्भ राशिका व्यक्तिले यस पटकको चन्द्रग्रहण हेर्न हुँदैन ।

यस्तै मेष, वृष, कन्या र धनु राशि भएकालाई शुभ रहेको भने ग्रहण अवलोकन गर्नु राम्रो मानिन्छ । मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका लागि ग्रहणको फल राम्रो हुँदैन ।

यस पटकको चन्द्र ग्रहणको फल कुन राशिलाई कस्तो ?

मेषः लाभ
वृषः सुखम्
मिथुनः माननाश
कर्कटः कष्टम्
सिंहः स्त्रीपीडा
कन्याः सौख्यम्
तुलाः चिन्ता
वृश्चिकः व्यथा
धनुः श्रीप्राप्ति
मकरः क्षति
कुम्भः घात
मीनः व्यय

भिडियाे

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.