पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा आएका छन् ।
पार्टीको अभियान ‘जनतासँग माओवादी’ पुनः शुरू गर्नका लागि प्रचण्ड पोखरा आएका हुन्।
यो अभियान शनिबार कस्कीबाट शुरू भएको हो ।
अभियान कास्कीको रुपा गाउँपालिका वडा नं १ स्यास्त्रीस्थित शहीद पार्कबाट शुरू भएको हो ।
हालै बसेको माओवादीको स्थायी कमिटीको बैठकले रोकिएको अभियान पुनः शुरू गर्ने निर्णय गरेको थियो ।
अभियानमा महासचिवभन्दा माथिल्लो तहका नेतामात्रै सहभागी भएका छन् ।