पोखरा । पूर्वराष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा सक्रिय हुन नहुने भन्दै आएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कुरा फेरेका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको स्पष्ट पारे ।
सत्तारुढ नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषय पेचिलो बनिरहेका बेला देउवाको यो अभिव्यक्तिलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
साथै वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने स्पष्ट पारेका छन् । सरकारका मन्त्रीहरू तत्काल हेरफेर नहुने पनि उनले बताए ।
देउवाले संविधान संशोधनका निम्ती दुई तिहाई बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए । उनले नेपाली कांग्रेसको आशन्न महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए ।