पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसका कारण कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
साथै गण्डकी, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया बदली रही गण्डकी, कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति भने कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा र तराईका भूभागका थोरै स्थानमा भने मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।