पोखरा । पोखरा महानगरपालिका वडा नं ८ जिरो किलोमिटरस्थित विभिन्न खाजाघरका नाममा अनैतिक गतिविधि गर्ने खाजाघर सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा ८ जिरो किलोमिटरस्थित खाजाघर ‘खुकुरी १९’ की सञ्चालिका २८ वर्षीया सुनिता तामाङ र २१ वर्षीय सागर मगर छन् ।
यस्तै, तनहुँ व्यास नगरपालिका वडा नं. ८ स्थित तनहुँ खाजा घरबाट १९ वर्षीय सुवास गुरुङ, बागलुङको जैमिनी नगरपालिका वडा नं. ८ स्थित खाजाघरबाट ११ वर्षीय शंकर थापालाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी, प्रहरी नायव निरीक्षक (डीएसपी) वसन्त हमालले जानकारी दिए ।
डीएसपी हमालका अनुसार पक्राउ परेका चारै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
प्रहरीले केही दिन अघिमात्र पोखराकै बागलुङ बसपार्क क्षेबाट यस्तै अनैतिक कार्यमा संलग्न १८ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो ।