काठमाडौँ । नेपाली बजारमा आज शुक्रबनार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य तोलामा दुई हजार पाँच सय र चाँदी १० रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला दुई लाख १० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । सुनको यो मूल्य इतिहासकै सबैभन्दा धेरै हो ।
सुन यसअघि बिहीबार सुन प्रतितोला दुई लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
अघिल्लो साता भदौ ९ गते सोमबारदेखि लगातार बढेको सुनको भाउ बिहीबार स्थिर रहेर आज शुक्रबार पनि बढेको हो ।
अघिल्लो साता भदौ गते ९ सोमबार प्रतितोला एक लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भदौ १० गते मंगलबार प्रतितोला एक लाख ९८ हजार सात सय, ११ गते बुधबार एक लाख ९९ हजार, १२ गते बिहीबार एक लाख ९९ हजार चार सय, १३ गते शुक्रबार दुई लाख छ सय, १५ गते आइतबार दुई लाख तीन हजार छ सय, १६ गते सोमबार दुई लाख पाँच हजार तीन सय र १७ गते मंगलबार दुई लाख पाँच हजार नौ सय, १८ गते बुधबार र १९ गते बिहीबार दुई लाख सात हजार नौ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा सुन दुई लाख १० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, बिहीबार तोलामा दुई हजार चार सय ८० रुपैयाँ कायम भएको चाँदीको भाउ आज बढेर दुई हजार चार सय ९० रुपैयाँ मूल्यमा कारोबार भइरहेको छ । चाँदीकाे याे मूल्य पनि इतिहासकै उच्च हाे ।
आज पोखरामा चाँदी प्रतितोला दुई हजार पाँच सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।