Nidan Media

एभरेस्ट महिला भलिबल लिगः पहिलो खेलमा पोखरा र कर्णाली भिड्दै

पाेखरा। इन्फिनिटी ड्रिम्सको आयोजनामा पोखरामा शुक्रबारदेखि वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करण शुरू हुँदैछ ।

गत वर्षदेखि शुरू भएको लिग पहिलो पटक काठमाडौँ बाहिर पोखरामा हुन लागेको हो ।

उद्घाटन खेल पहिलो संस्करणको विजेतासमेत रहेको कर्णाली यशविस र पोखरा निन्जाबीच हुनेछ । उद्घाटन खेल शुक्रबार दिउँसो २ बजे पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुनेछ ।

यसैगरी शुक्रबार नै दोस्रो खेल ललितपुर क्वीन्स र मधेश युनाइटेडबीच अपरान्ह ४ बजे हुनेछ ।

कर्णाली र पोखराका दुवै टिममा सुमित्रा र प्रगति मार्की छन् ।

साविक विजेता कर्णाली पहिलो खेलदेखि नै राम्रो प्रदर्शन गर्दै उपाधि जोगाउने अभियानमा छ भने पोखरा पनि पहिलो खेल जितेर सुखद् शुरुआत गर्ने लक्ष्यमा छ ।

By निदान मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.