Nidan Media

सर्वसाधारणका लागि खुल्यो झापा इनर्जीको आईपीओ

पाेखरा। झापा इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले शुक्रबारदेखि सय रुपैयाँ अंकित दरका चार लाख ७३ हजार तीन सय ३६ कित्ता शेयर, कुल चार करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरको शेयर जारी गरेको हो ।

जसमा २८ हजार पाँच सय १४ कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार चार सय छ कित्ता कर्मचारीका लागि छुट्टाइएको छ ।

लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम् पाँच हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आश्वा सदस्य बैंक, वित्तीय संस्थाका शाखा तथा मेरो शेयरमार्फत दिन सकिनेछ ।

आईपीओ छिटोमा भदौ २४ र ढिलोमा असोज ३ गतेसम्म खुला रहनेछ । आईपीयो रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘सिंगल बी माइनस’ प्रदान गरेको छ । जसले उच्च जोखिम संकेत गर्दछ ।

बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.