Nidan Media

भरतपोखरी बाघमारा महोत्सव शुरू

पोखरा । शुभतारा युवा क्लबको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बाघमारामा भरतपोखरी बाघमारा महोत्सव शुरू भएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बीच महोत्सव उद्घाटन गरे ।

कार्यक्रममा आचार्यले महोत्सवबाट ज्ञान लिँदै आगामी महोत्सवमा थप परिस्कृत बनाउन आग्रह गरे । आचार्यले महोत्सवले भरतपोखरीका जातजाति, भाषा, संस्कृतिलाई एकत्रित गर्न शुभकामना दिए ।

पोखरा-३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बाघमारा महोत्सवले त्यस क्षेत्रका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने दावी गरे ।

विभिन्न समुदाय र जनजातिलाई एकै मञ्चमा ल्याएर आपसी समझदारी र सहकार्य बढाउने तथा स्थानीय उत्पादन, हस्तकला, परिकार र पर्यटन गतिविधिलाई बजारसँग जोड्न महोत्सवलेअवसर प्रदान गरेको उनको भनाइ छ ।

क्लबका अध्यक्ष देवेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार सन्दीप पौडेलले सञ्चालन, कल्बका सदस्य श्रीराम भुसालले धन्यवाद ज्ञापन गरेका थिए ।

महोत्सवमा विभिन्न वस्तु तथा सेवाका स्टलका साथै फेन्सी, गार्मेन्ट, भाँडा, कृषि, बैंक वित्तीय, रेष्टुरेण्टलगायतका सय बढी स्टल छन् ।

महोत्सवमा आयोजित रत्यौली प्रतियोगितामा २४ समूह छन् भने विद्यालय स्तरीय नृत्यसमेत रहने आयोजकले जनाएको छ ।

महोत्सव अघि स्थानीय आमा समूह, टोल विकास संस्थालगायतले झाँकी र्याली प्रस्तुत गरेका थिए भने कलाकार रामजी पौडेललगायतको प्रस्तुति रहेको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.