Nidan Media

छेपारो परेकाे खाजा खुवाइएपछि दर्जनौँ विद्यार्थी बेहोस, अस्पताल भर्ना

पाेखरा। विद्यालयको दिवा खाजामा छेपारो परेको र सो खाजा खाएका दर्जनौँ विद्यार्थी अस्पताल भर्ना भएका छन् । यो घटना महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नं ६ रतौलीस्थित आदर्श माध्यमिक विद्यालयको हो ।

बिहीबार दिउँसो १ बजे विद्यालयमा दिवा खाजा खुवाउने क्रममा विद्यार्थीलाई दिइएको सुजीको हलुवामा मरेको छेपोरो भेटिएको थियो ।

मरेको छेपारोको शरीरका अंग अलगअलग विद्यार्थीका खाजामा फेला परेपछि विद्यार्थीले खाजा बनाएर दिने विद्यालयका महिला कर्मचारीलाई बताएपछि उल्टै हप्काएको विद्यार्थीको भनाई छ ।

विद्यार्थीले खाजामा छेपारो भेटेको गाउँका व्यक्तिलाई पनि अवगत गराएपछि विद्यार्थीका अभिभावकसहित स्थानीयवासी विद्यालय पुगेका थिए ।

सो क्रममा उनीहरुले प्रधानाध्यापक दिनेश दासमाथि आक्रोश पोख्नुका साथै चप्पल प्रहार गरेका थिए । आक्रोशित अभिभावकले विद्यालयका कुर्सी, टेबुल, ढोका तोडफोड पनि गरेका छन् ।

विद्यालयको स्थिति तनावपूर्ण बनेपछि प्रहरी पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

यता, दर्जनौँ विद्यार्थीलाई बेहोस हुन थालेपछि अभिभावकले आआफ्ना बच्चालाई प्रादेशिक अस्पताल जनकपुर ल्याएर उपचार गराइरहेका छन् ।

By निदान मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.