पाेखरा । यसअघि लगातार दुईदिन घटेको नेप्से बिहीबार तेस्रो दिन पनि घटेर बन्द भएको छ । बुधबार १५दशमलव६४ अंकले घटेर २७२६दशमलव३३ बिन्दुमा रोकिएको नेप्से बिहीबार पनि ६दशमलव५५ अंकले घटेर २७१९दशमलव७७ बिन्दुमा रोकिएको छ ।
यसअघि मंगलबार मंगलबार पनि नेप्से परिसूचक १९दशमलव८९ अंकले घटेर २७४१दशमलव९७ बिन्दुमा रोकिएको थियो । यद्यपि बिहीबार कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ ।
बुधबार कुल ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएको छ ।
बिहीबार सेन्सेटिभ इन्डेक्स १दशमलव११ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०दशमलव४७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०दशमलव२६ अंक घटेको छ । यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस कम्पनीको शेयर मूल्य बिहीबार प्रतिकित्ता ९दशमलव९८ प्रतिशतले बढेर ३५५दशमलव९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । विन्ध्यवासीनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६दशमलव०७ प्रतिशतले बढेर ५८५दशमलव५५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
माथिल्लो मैलुङखोला जलविद्युतको शेयर मूल्य प्रतिकित्ता ६दशमलव०५ प्रतिशतले बढेर ५९५दशमलव३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य प्रतिकित्ता ५दशमलव०९ प्रतिशतले बढेर ३७६०दशमलव५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन बाराही हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ३दशमलव८३ प्रतिशतले घटेर प्रतिकित्ता ७२०दशमलव०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
पिपुल्स पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३दशमलव४५ प्रतिशतले घटेर प्रतिकित्ता २९६दशमलव०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । दिव्यस्वरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३दशमलव४५ प्रतिशतले घटेर २९३दशमलव४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस दिन युनियन हाइड्रोपावर लिमिटेड, विन्ध्यवासीनी हाइड्रो, नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स र हिमालयन डिस्टीलरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।