Nidan Media

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरिने

पाेखरा । सरकारले तोकिएको समयमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले सूचीकरणका लागि सम्पर्कमा समेत नआएका एप र प्लेटफर्म बन्द गर्ने निर्णय गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

सर्वोच्च अदालतको निर्देशनपछि मन्त्रिपरिषद्ले भदौ ९ गते सामाजिक सञ्जाल दर्ता अनिवार्य गर्ने निर्णय गरेको थियो ।

त्यसअनुसार मन्त्रालयले भदौ १२ गते सूचना जारी गर्दै सबै सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।

मन्त्रालयका अनुसार उक्त समयसीमा हिजो राति १२ बजेदेखि सकिएको छ । हालसम्म टिकटक, भाइबर, वीटक, निम्बुज र पोप्पो लाइभ सूचीकरण भएका छन् ।

त्यस्तै, टेलिग्रामसहित अन्य दुई एपले दर्ता प्रक्रियाका लागि निवेदन दिएका छन् ।

By निदान मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.