Nidan Media

सुनको मूल्य हालसम्मकै उच्च तोलामा २ लाख ७ हजार ९०० रुपैयाँ पुगेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च दरमा पुगेको छ। बुधबार सुन तोलाको मूल्य २ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ४८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.