मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबारको तुलनामा मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर करिब २ लाख ६ हजार रुपैयाँ पुगेको छ। यसअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ कायम भएको छ। यस्तै १० ग्राम सुनको मूल्य १ लाख ७६ हजार ५२५ रुपैयाँ पुगेको छ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो।
यसैबीच, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ बढेर २ हजार ४८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।