टोखा प्याब्सनले आगामी ‘इन्टर स्कुल तीज डान्स प्रतियोगिता–२०८२’ को तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको छ ।
टोखामा आयोजित पत्रकार सम्मेलनमा प्याब्सन टोखाका प्रमुख अरुणकुमार केसी, प्रमुख सल्लाहकार टंककुमार चापागाईलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र विशेष अतिथिका रूपमा प्राइम टाईम टेलिभिजनका अध्यक्ष ऋषि धमला सहभागी हुनु भएको थियो ।
पत्रकार सम्मेलनमा संयोजक लक्ष्मीपुर इङ्लिश स्कुलका प्रिन्सिपल राजेश श्रेष्ठले प्रतियोगिताको उद्देश्य, तयारी र सहभागिता सम्बन्धी जानकारी प्रस्तुत गर्नुभयो ।
उनका अनुसार प्रतियोगितामा टोखा लगायतका २५ विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन् र तीज पर्वको मौलिकता झल्काउने विभिन्न नृत्य प्रस्तुति देखाउनेछन् ।