Nidan Media

रूसमा ८.८ म्याग्निच्युडको महाभूकम्प ३ देशमा सुनामीको खतरा 

रुसको कामचटका प्रायद्वीपमा गएको ८.८ म्याग्निच्युडको भूकम्पले विश्व नै स्तब्ध बनाएको छ। सुनामीको खतरा अझै हटेको छैन

बुधबार बिहान, रुसको सुदूर पूर्वमा पर्ने कामचटका प्रायद्वीपमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी जियोलोजिकल सर्भे अनुसार भूकम्पको केन्द्र पेट्रो पाभलोभ्स्क कामचत्स्कीबाट १२६ किलोमिटर टाढा, १८ किलोमिटर गहिराइमा थियो।

भूकम्प यति शक्तिशाली थियो कि यसले ३–४ मिटर अग्लो सुनामी उत्पन्न र्गयो। मानिसहरू आत्तिएर भाग्ने क्रममा केही घाइते भएका छन्। एक महिलाले त झ्यालबाट हामफालिन्।

रुसी अधिकारीहरूका अनुसार अहिलेसम्म कुनै गम्भीर घाइतेको रिपोर्ट आएको छैन, तर परकम्पहरू अझै आउन सक्ने चेतावनी दिइएको छ।

यो भूकम्प सन १९५२ यताकै सबैभन्दा शक्तिशाली मानिएको छ। पछिल्लो १० दिनदेखि नै कामचट्कामा भूकम्पका श्रृंखलाहरू आइरहेका थिए।ू

जापानले पनि तटीय बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिएको छ। अधिकारीहरूले भनेका छन, ‘सुनामी कहिले आइपुग्छ भन्ने निश्चित छैन, तर तत्काल उच्च स्थानमा जानुहोस

हवाई राज्यको ओआहु टापुमा खाली गर्न आदेश दिइएको छ, जसमा राजधानी होनोलुलु पनि पर्छ। इक्वेडरमा १० फिट अग्ला छालहरूको चेतावनी दिइएको छ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एक्स र ट्रुथ सोसल पोस्टमार्फत जनतालाई सजग रहन र tsunami.gov हेर्न आग्रह गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.