Nidan Media

नेपाल शिक्षक महासंघले साउन २१ गतेदेखि आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले साउन २१ गते देखि आन्दोलन गर्ने घोषणा गरेको छ। शुक्रबार महासंघले पत्रकार सम्मेलन गर्दै साउन २१ गते देखि आन्दोलन गर्ने घोषणा गरेको हो।

सरकारले गत वैशाख १७ गते भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । पत्रकार सम्मेलनमा शिक्षक प्रतिनिधिहरुले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिवद्धता सरकारले पालना नगरेकाले पुनः आन्दोलनमा जानुको विकल्प नभएको बताए । सहमति कार्यान्वयनमा सरकार इमान्दार नभएको बताउँदै उनीहरुले शिक्षकहरुलाई बाधक देखाउँदै शिक्षा समितिमा विधेयक अल्झाउनु गलत भएको तर्क गरे ।

सहमति अनुसार, अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रक्रिया, स्थायी शिक्षकको बढुवा, विभागीय कारबाही, विद्यालय कर्मचारीको व्यवस्थापन, इसीडीका शिक्षकहरुको व्यवस्थापन, ट्रेड युनियन अधिकारलगायतका विषयमा अहिले षडयन्त्र भइरहेको उनीहरुको दाबी छ । लिखित सहमति कार्यान्वयनमा पनि गम्भीर नदेखिनु सरकारको लाचारीपन भएको बताउँदै शिक्षक महासंघले आन्दोलन गर्नुको विकल्प नभएको बताएको हो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.