Nidan Media

प्रचण्ड र शेखरको भेटमा सहभागी अमरेशको दाबी : यो सरकार ढाल्न नयाँ ध्रुवीकरण हुँदैछ

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता डा. शेखर कोइरालाबीच केपी ओली नेतृत्वको विकल्प खोज्ने गरी छलफल अघि बढेको दाबी गरेका छन्।

शेखरसँगै हिजो प्रचण्ड भेट्न खुमलटार पुगेका नेता सिंहले नयाँ ध्रुवीकरणको गृहकार्य अघि बढिरहेको जिकिर गरे। उनले नेपाल प्रेससँग भने, ‘देशमा अहिले नयाँ ध्रुवीकरणको आवश्यकता छ। त्यो बुझेर नै नयाँ ध्रुवीकरण भइरहेको छ।’

उनले कांग्रेस एमाले गठबन्धन ढालेर कांग्रेस नेता कोइरालालाई प्रधानमन्त्री बनाउने गरी गृहकार्य भइरहेको दाबी गरे। उनले भने, ‘प्रचण्ड, शेखर कोइरालासहित विद्या भण्डारी, माधव नेपाल, उपेन्द्र यादवलगायतको सहभागिता रहन्छ। त्यसको लागि सबै सकारात्मक ढङ्गले वार्ता अघि बढेको छ।’

उनले आज शेखरले यही विषयमा केन्द्रित रहेर कुराकानी भएको जिकिर गरे। उनले भने, ‘यो सरकार चरम भ्रष्टाचारमा डुबेको छ। मन्त्रीहरूको घुस लिएको अडिओ सार्वजनिक भइरहेको छ। अडिओ सार्वजनिक हुँदा समेत मन्त्रीहरू सरकारमा बसिरहेका छन्। यो भन्दा लाजमर्दो कुरा के हुन्छ ?’

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.